प्लास्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गरौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | जेठ २२, २०८०

प्लास्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गरौँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं:    विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो । 


५० औँ वार्षिकोत्सवका अवसरमा उहाँले यस वर्ष विश्वव्यापी रूपमा तय भएको नारा “विट प्लास्टिक पोलुसन”  र मूल विषय “सोलुसन टु प्लास्टिक पोलुसन” लाई हाम्रो आफ्नै मौलिक शैलीमा “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ” भन्ने राष्ट्रिय नाराकासाथ देशव्यापी रूपमा मनाउन लागिएको छ । आ–आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबैमा उहाँले  शुभकामना मार्फत आव्हान गर्नुभयो । 

 

प्लास्टिक प्रदुषणलाई  प्रमुखताका साथ उजागर गर्ने गरी यस दिवस मनाउन गइरहेका छौँ। प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ। एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ  र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको  छ। अर्कोतर्फ, यसको अत्यधिक र अव्यवस्थित प्रयोगले ठुलो वातावरणीय समस्या सिर्जना गरेको छ। हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रहरू जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्‍याउने खतरा बढ्दै गइरहेको छ शुभकामना सन्देशमा उल्लेख छ ।


प्रत्येक वर्ष,  विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठुलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ। यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्‍याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयास स्वरुप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा प्लास्टिक पोलुसन ट्रिटी सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको जानकारी दिनुभएको छ।       

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्